१३ बैशाख २०८१, बिहिबार

गृहमन्त्री थापाको सांसद र मन्त्री पद दुवै एकैसाथ चट

गृहमन्त्री थापा पदमुक्त, सांसद पद पनि खारेज


राम बहादुर थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को सांसद र मन्त्री पद दुवै एकैसाथ चट भएको छ । गृहमन्त्री थापा पदमुक्त भएका छन् । आजै भर्खरै राष्ट्रियसभा सचिवालयले उनको सांसद पद खारेज भएको सूचना जारी गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट चयन भएका थापाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले उनलाई राष्ट्रियसभा सदस्यबाट मुक्त गरिएको हो ।

राष्ट्रियसभामा केन्द्रका सचेतक दीनानाथ शर्माले थापालाई राष्ट्रियसभा सदस्यबाट मुक्त गर्न गत चैत २७ गते लिखितपत्र पेश गरेबमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले त्यसलाई आज स्वीकृत गरेकोले तथा राजनीतिक दलसम्बन्धी ऐन अनुसार थापाको सदस्य पद रिक्त भएको संसद् सचिवालयले जनाएको छ ।

सांसद नरहेपछि संविधानतः मन्त्री पदबाट स्वतः मुक्त भए पनि प्रधानमन्त्री ओलीले थापालाई पुनः गृहमन्त्रीमा नियुक्त गर्ने सम्भावना छ । सांसद नरहेको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न पाउँछ ।

गृहमन्त्री थापाको सांसद र मन्त्री पद दुवै एकैसाथ चट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !