११ बैशाख २०८१, मंगलबार

अन्तत: कर्णालीका ३ सांसद एमालेबाट निष्काशित, ज्वालालाई कारवाही गर्न केन्द्रलाई पत्र पठाउने


प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापा

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको आज बसेको वैठकले पार्टीका ह्वीप उल्लंघन गर्दै ‘फ्लोर क्रस’ गरेर माओवादी नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारको पक्षमा मतदान गर्ने ३ जना सांसदलाई पार्टीबाट निष्काशित गरेको छ ।

पार्टीका सांसदहरु नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले जारी गरेको प्रेस व्यक्तव्यमा उल्लेख छ ।

एमालेकै सांसद देवी ओलीले भने विश्वासको मतको पक्षमा दिएको मत सभामुखले निर्धारण गरेको समयमा सच्याएर ह्वीप उल्लंघन गरेर पनि मत सच्याएका कारण ओली कारबाहीबाट जोगिएकी थिइन् ।

कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले हिजो प्रदेशसभा बैठकमा विश्वासको मत पाएका थिए । उनीहरूले विश्वासको मतको पक्षमा मतदान गरेपछि महेन्द्रबहादुर शाहीको सरकार जोगिएको छ ।

पार्टीको ह्वीप उल्लंघन गरी जघन्य अपराधपूर्ण काम गरेको ठहरसहित उनीहरुलाई निष्काशन गरिएको हो भने अर्का सांसद प्रकाश ज्वालालाई पनि निष्कासन गर्न केन्द्रलाई पत्र पठाउने वैठकले निर्णय गरेको हो ।

कर्णालीका ३ सांसद एमालेबाट निष्काशित, ज्वालालाई कारवाही गर्न केन्द्रलाई पत्र पठाउने

यो पनि पढ्नुहोस्

कर्णालीमा एमाले संसदीय दलको बैठक जारी, फ्लोर क्रस गर्ने सांसदमाथि कारवाही गर्ने

यी हुन् कर्णालीमा माओवादीको सरकार जोगाइदिने एमालेका ४ सांसदहरु

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत, एमालेलाई आफ्नै सांसदले दिए धोका


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !