८ बैशाख २०८१, शनिबार

कर्णालीमा माधव समूहले धोका दिएपछि रोकिएन सूर्य थापाको रुवाबासी


सूर्य थापा

काठमाडौँ । कर्णाली प्रदेशमा नेकपा एमालेको अर्को माधव समूहले धोका दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक संजालमा रुवाबासी गरेका छन् ।

सामाजिक संजालमा ट्वीटर हिजो राती लेख्दै उनले प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही, नन्दसिंह बुढा र देवी ओली यी पाँचकाे अपराध अक्ष्यम्य भएको बताएका थिए । उनले आर्थिक प्रलोभन वा राजनीतिक बिक्रीबट्टा याे कुन काेटीकाे गाेटी बनेकाे दृष्टान्त हाे ? यस तहकाे गद्दारी किमार्थ मान्य हुन सक्दैन भन्दै प्रचण्डका हली-गाेठाला बनेर याे तहकाे घात गर्ने ? भनेर उनीहरुलाई आरोप लगाएका थिए ।

सामाजिक संजालमा ट्वीटर आज बिहान लेख्दै उनले २०५३ सालमा जाजरकाेटका दीपकजंग शाह र हुम्लाका चक्रबहादुर शाही अनुपस्थित भएर देउवा सरकार ढालेको दृष्टान्त प्रस्तुत गरेका छन् ।

उनले वैशाख ३ गते कर्णाली प्रदेशमा प्रकाश ज्वाला, अमर थापा, नन्द बुढा र कुर्मराज शाहीले शाह र चक्रलाई पछ्याउँदै फ्लाेरक्रस गरेर महेन्द्र बहादुर शाहीका रक्षक बने र खलपात्रहरूकाे महापतन नै भयाे भनेर लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !