८ बैशाख २०८१, शनिबार

यी हुन् ह्वीप उल्लंघन गरेपनि मत सच्याएकोले कारबाहीबाट जोगिने सांसद देवी ओली


देवी ओली

सुर्खेत । माओवादी नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारको पक्षमा पार्टीका सांसदले मतदान गरेपछि एमालेको संसदीय दलको आकस्मिक बैठक जारी रहेको छ । बैठकले ‘फ्लोर क्रस’ गर्ने ४ सांसदहरूलाई कारवाहीको सिफारिस गर्नेछ ।

पार्टीका ह्वीप उल्लंघन गर्दै सांसदहरूले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि उनीहरूलाई सांसद पदबाट निलम्बन गर्न लागिएको हो । आज प्रदेश सभामा भएको मतदानमा प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेका थिए ।

कर्णालीका मुख्यमन्त्री शाहीले प्रदेशसभा बैठकमा विश्वासको मत पाएका छन् । उनीहरूले विश्वासको मतको पक्षमा मतदान गरेपछि महेन्द्रबहादुर शाहीको सरकार जोगिएको छ ।

एमालेकै सांसद देवी ओलीले भने विश्वासको मतको पक्षमा दिएको मत सभामुखले निर्धारण गरेको समयमा सच्याएकी थिइन् । विश्वासको मतको पक्षमा बहुमत पुगेको थाहा पाएपछि उनले मत सच्याएकी हुन् ।

तर ह्वीप उल्लंघन गरेर पनि मत सच्याएका कारण ओली भने कारबाहीबाट जोगिने भएकी छिन् । कर्णाली प्रदेशकी एमाले सांसद देवी ओलीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरिन् । सभामुख राजबहादुर शाहीले मत सच्याउन चाहने सांसद ३ मिनेट समय दिएका थिए ।

ओली माधव नेपाल पक्षकी एमालेकी सांसद हुन् । मतदानका क्रममा गल्ती गरेर सच्याउने ओलीले शिक्षाशास्त्रमा स्नातकोत्तर गरेकी छिन् । कर्णाली प्रदेशसभाको वेभसाइटमा भएको जानकारी अनुसार उनी कर्णाली प्रदेशको सामाजिक विकास समितिकी अध्यक्ष पनि हुन् । उनको स्थायी ठेगाना मुसीकोट नगरपालिका-५, रुकुम पश्चिम हो ।

यो छ उनको कर्णाली प्रदेशसभाको वेभसाइटमा भएको उनको व्यक्तिगत विवरण

देवी ओली नेकपा एमालेकी सांसद कर्णाली प्रदेश

यो पनि पढ्नुहोस्

कर्णालीमा एमाले संसदीय दलको बैठक जारी, फ्लोर क्रस गर्ने सांसदमाथि कारवाही गर्ने

यी हुन् कर्णालीमा माओवादीको सरकार जोगाइदिने एमालेका ४ सांसदहरु

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत, एमालेलाई आफ्नै सांसदले दिए धोका


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !