७ बैशाख २०८१, शुक्रबार

माधव नेपालको ५० वर्षे राजनीतिक यात्रा जोखिममा


माधव नेपाल फाइल फोटो

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले माधवकुमार नेपाललाई व्यंग्य हानेका छन्। नयाँ वर्षको शुभकामना दिँदै बास्कोटाले नेपालको पचास वर्षे राजनीतिक यात्रा जोखिममा रहेको बताएका छन्।

उनले डीलबाट फर्कन र सयौको राजनीतिक जीवनको रक्षा गर्न आग्रह गरेका छन् । उनले लेखेका छन् ,”माधब कमरेड, नयाँ वर्षको शुभकामना! तपाईंको पचास वर्षे राजनीतिक यात्रा जोखिममा छ।डीलबाट फर्कनुस र सयौको राजनीतिक जीवनको रक्षा ।किनभने यो समय तपाईं उद्देलीत हुने होईन,घोत्लिने हो।समय भन्छ-छेउको सियो माझैमा कोही बेला।जे गर्दै हुनुहुन्छ बिनास जे सोच्नु हुनेछ सृजनात्मक एकता शुभरात्री!!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !