७ बैशाख २०८१, शुक्रबार

मेची महाकाली, देश बचाउने हाम्रो पाली : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र भन्छन्, 'निषेध र प्रतिशोधको चक्रब्यूहवाट बाहिर आउनैपर्छ'


नयाँ वर्ष २०७८ मा पूर्वराजा ज्ञानेन्द्रको शुभकामना सन्देश

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले ‘मेची महाकाली देश बचाउने हाम्रो पाली’ भनेर राजा आऊ, देश बचाऊ भन्ने राजावादीको मागसँग सहमति जनाउदै अहिलेको सरकार र सम्पूर्ण राजनीतिक दलहरु असफल भएकोले जनताले फेरि ल्याए राजा हुने आफ्नो आकांक्षा प्रकट गरेका छन् ।

नयाँ वर्ष २०७८ को पूर्व संध्यामा मंगलबार शुभकामना सन्देश जारी गर्दै पूर्वराजाले निषेध र प्रतिशोधको चक्रब्यूहवाट बाहिर आउनैपर्छ भन्दै अव राजतन्त्रको विकल्प नभएको भन्दै घुमाउरो शैलीमा अहिलेका सम्पूर्ण राजनीतिक दलहरुलाई चुनौती दिएका हुन् ।

नयाँ वर्षले हाम्रा सोच र व्यवहारमा परिवर्तन ल्याओस् भनी कामना व्यक्त गरेका छन् । उनले टाठा-बाठा मात्र सुखी सम्पन्न सुविधा भोगी हुँदै जाने अरु निमुखा सर्व साधारणहरुको जीवनस्तर कहिल्यै नउठ्ने खालको गतिबिधि र पद्धति त्याग्नै पर्ने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी हामी सबैमा हुनु पर्दछ । यसका लागि आपसी भाँडभैलो, अनमेल र द्वन्द्वको अन्त हुनपर्छ अनि समन्वय, सामञ्जस्य पनि रहनु पर्दछ ।’

उनले नेपालीहरु फुटेर होइन, जुटेर शक्ति संरक्षण गर्नुपर्ने सन्देश दिएका छन् । उनले नेपाल हाम्रो पहिचान भएकोले सनातन हाम्रो संस्कार भएको उल्लेख गर्दै न जाती न भाषा, सबै नेपालीको एउटै आशा भनेर एकताको सन्देश दिएका छन् ।

यसैगरी पूर्वराजाले हाम्रा पिता पूर्खा तथा त्यागी वीर वीरगांनाहरुले जोगाएको हाम्रो साझा बारी नेपाललाई सबै मिलेर स्याहार सुसार गर्नु र सजाउनु रहेको उल्लेख गर्दै यसका निम्ति हिमाल, पहाड, तराई सबै नेपाली बिना भेदभाव र बिना संकोच मिलेर जानु पर्नेमा जोड दिएका छन् ।

नयाँ वर्ष २०७८ मा पूर्वराजा ज्ञानेन्द्रको शुभकामना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !