८ बैशाख २०८१, शनिबार

ओली देशद्रोही भन्दै भीम रावलले दिए कडा चेतावनी


भीम रावल

काठमाडौं । एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखलाई एमसीसीसंगको सम्झौता संसदमा रोक्न पाउने अधिकार कहाँ छ भन्दै प्रश्न गरेको प्रति आपत्ति जनाएका छन्। सभामुखले एमसीसीसंगको सम्झौता संसदमा रोक्न पाउने अधिकार कहाँ छ भन्दै ओलीले सोमबार राष्ट्रियसभा गृहको कार्यक्रममा प्रश्न गरेका थिए।

रावलले देशहित विरोधी कुनैपनि सम्झौता र काम रोक्नु प्रत्येक देशभक्त नागरिकको कर्तव्य रहेको बताएका छन्। रावलले यस्तो कर्तव्यप्रति देशघातीहरूमा भने घृणा हुने बताएका छन्।

उनले नेपालको सीमा मिचिदा र स्वाभिमानमा प्रहार हुँदा चुइक्क नबोल्ने तर नेपालको स्वाधीनता र स्वनिर्णयको अधिकारमा आघात पार्ने एमसीसीसंगको सम्झौता पारित गर्नुपर्छ भनी संसदमा चिच्याउनेहरू सत्ता र कुर्सीका लागि मातृभूमिको चिरहरण गर्न उद्दत रहेको देशभक्त नेपालीले बुझौं भनेका छन्।

रावलले सामाजिक संजालमा लेखेका छन्, “सभामुखले एमसीसीसंगको सम्झौता संसदमा रोक्न पाउने अधिकार छ भनी प्रमं केपीले सार्वजनिक कार्यक्रममा प्रश्न उठाउनु भएको रहेछ।देशहित विरोधी कुनैपनि सम्झौता र काम रोक्नु प्रत्येक देशभक्त नागरिकको कर्तव्य हो।यस्तो कर्तव्यप्रति देशघातीहरूमा भने घृणा हुन्छ। नेपालको सीमा मिचिदा र स्वाभिमानमा प्रहार हुँदा चुइक्क नबोल्ने तर नेपालको स्वाधीनता र स्वनिर्णयको अधिकारमा आघात पार्ने एमसीसीसंगको सम्झौता पारित गर्नुपर्छ भनी संसदमा चिच्याउनेहरू सत्ता र कुर्सीका लागि मातृभूमिको चिरहरण गर्न उद्दत रहेको देशभक्त नेपालीले बुझौं।त्यस्ताको विरोध गरौं ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !