१३ बैशाख २०८१, बिहिबार

देउवा निवासमा बसेको तीन दलको बैठक विनानिष्कर्ष सकियो : नयाँ सरकारका लागि जसपा निर्णायक


तीन दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दिउँसो आफ्नो निवास बूढानीलकण्ठमा कांग्रेस, माओवादी केन्द्र र जसपावीच तीन दलको बोलाएको बैठक विनानिष्कर्ष सकिएको छ ।

आज शुक्रबार अपरान्ह करिब आधा घण्टा देउवा निवास बुढानिलकण्ठमा चलेको बैठकमा काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका शीर्ष नेता सहभागी भएका थिए । नयाँ सरकार गठनका लागि जसपा निर्णायक हुने देखिएको छ ।

नेपाली कांग्रेसले अन्य दुई दलसामू आफ्नो पार्टीको नेतत्वमा सरकार बनाउने प्रस्ताव राखेको छ । बूढानीलकण्ठ स्रोतका माओवादी केन्द्र त्यसमा सहमत भएपनि जसपाले यसबारे पार्टीमा छलफल गर्न समय मागेकाले आजको बैठकमा कुनै सहमति हुन सकेन ।

जसपाका नेताहरुले मुद्दा फिर्ता, बन्दीहरुको रिहाई लगायतका मुद्दा पनि रहेको बताए । माओवादी केन्द्रले भने वर्तमान सरकारको विकल्प खोज्ने देउवाको प्रस्तावमा सहमति जनाएको छ ।

सत्ता समीकरण तथा नयाँ राजनीतिक परिदृश्यबारे छलफल गर्न तीन दलको संयुक्त बैठक बसेको थियो । यसअघि कांग्रेसका केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहलकदमी लिने निर्णय गरेको थियो ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न गाम्भीर नभएको र राजनीतिक अवस्थालाई बन्दी बनाएको भनेर देउवाको आलोचना हुँदै आएको छ । एमाले बाहेकको​ सरकार बनाउन काँग्रेस, माओवादी केन्द्र र जसपा बीच सहकार्य हुनैपर्ने बाध्यता रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !