१३ बैशाख २०८१, बिहिबार

प्रचण्ड पुगे देउवा निवास बुढानीलकण्ठ, जसपा नेताहरु भने बुढानीलकण्ठ नपुग्दै गायब


बाबुराम भट्टराई, उपेन्द्र यादव, महन्त ठाकुर र राजेन्द्र महतो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीनदलीय छलफलमा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुढानीलकण्ठ पुगेका छन् । सत्ता समीकरणबारे छलफल गर्न देउवाले सभापति देउवाले शुक्रबार ३ बजेका लागि माओवादी केन्द्र र जसपाका नेताहरुलाई आफ्नो निजवासमा बोलाएका हुन् ।

प्रचण्ड बुढानीलकण्ठ पुगे पनि जसपाका नेताहरु भने बाटोमै रोकिएका छन् । बैठकमा एउटै स्वर राख्नका लागि उनीहरु बीच बाटोमै छलफलमा जुटेको स्रोतले बतायो ।

स्रोतका अनुसार जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अन्य अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, बरिष्ठ नेता राजेन्द्र महतो र अर्का नेता अशोक राई बूढानीलकण्ठ नजिक बाटोमै छलफलमा व्यस्त छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !