६ बैशाख २०८१, बिहिबार

देउवाले बोलाएको तीन दलको संयुक्त बैठक आज बस्दै, के विषयमा होला छलफल ?


देउवा, प्रचण्ड र ठाकुर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक आज बस्दै छ । आज दिउँसो ३ बजे देउवा निवास बूढानीलकण्ठमा कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) वीच बैठक बस्न लागेको हो ।

सत्ता समीकरण तथा नयाँ राजनीतिक परिदृश्यबारे छलफल गर्न तीन दलको संयुक्त बैठक बस्ने भएको हो । नेपाली काँग्रेसभित्र नयाँ सरकार गठनका लागि सहमति भएर अग्रसरता लिने निर्णय गरेको एक हप्तापछि देउवाले तीन दलको बैठक बोलाएका हुन् ।

यो बैठकमा नयाँ सरकार गठनको विषयमा छलफल हुनेछ । आजको बैठकमा देउवाले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनबारे दुवै दलको आधिकारिक धारणा माग्नेछन् ।

यसअघि कांग्रेसका केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहलकदमी लिने निर्णय गरेको थियो ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न गाम्भीर नभएको र राजनीतिक अवस्थालाई बन्दी बनाएको भनेर देउवाको आलोचना हुँदै आएको छ । एमाले बाहेकको​ सरकार बनाउन काँग्रेस, माओवादी केन्द्र र जसपा बीच सहकार्य हुनैपर्ने बाध्यता रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री बन्ने दाउमा रहेका देउवाले बोलाए तीन दलको बैठक

देउवालाई प्रधानमन्त्री बन्न हलो अड्काए प्रचण्डले


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !