११ बैशाख २०८१, मंगलबार

माओवादी छोडेर एमालेमा लागेका ४ नेताको सांसद र मन्त्री पद च्वाट


टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी

काठमाडौँ । नेकपा माओवादी केन्द्रले माओवादी छोडेर नेकपा एमालेमा लागेका ४ जना नेताको सांसद र मन्त्री पद च्वाट भएको छ । प्रतिनिधिसभाको आज बिहीबार बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रले कारबाही गरेका ४ जना सांसद पदमुक्त भएको जानकारी गराएका हुन् ।

माओवादी केन्द्रले उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई सांसद पदवाट हटाउन संघीय संसद् सचिवालयलाई पत्राचार गरेपछि उनीहरु पदमुक्त भएका हुन् ।

सर्वोच्च अदालतले २३ फागुनमा एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमालेमै रहने निर्णय लिएका ती मन्त्रीहरूको सांसद पद खोस्ने निर्णय माओवादी केन्द्रले गरेको थियो । प्रतिनिधिसभा सदस्य पदबाट पदमुक्त भएसँगै चारै जनाको मन्त्री पद पनि गएको हो ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुने व्यवस्था अनुसार सांसद पद खारेज भएपछि उनीहरुको मन्त्री पदसमेत जाने भएको छ । यी मन्त्री पदको लोभले माओबादी केन्द्र छाडेर एमाले प्रवेश गरेका यी नेताहरुको अन्तत: सांसद पदसँगै मन्त्री पदसमेत स्वत गएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !