नयाँ प्रधानमन्त्री बन्ने प्रचण्डको यतिठुलो रणनीति Nepalpatra नयाँ प्रधानमन्त्री बन्ने प्रचण्डको यतिठुलो रणनीति
३ बैशाख २०७८, शुक्रबार

नयाँ प्रधानमन्त्री बन्ने प्रचण्डको यतिठुलो रणनीति


प्रचण्ड

काठमाडौं । अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काँग्रेस सभापति देउवा र जसपा अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने कार्ड फालेर अन्ततः प्रचण्ड आफैं बहुमतीय प्रधानमन्त्री बन्ने रणनीतिमा भएको देखिन्छ ।

तर प्रचण्डले स्वयम् आफू प्रधानमन्त्री नबन्ने घोषणा गरेका छन् । यदि नेपाली काँग्रेस र अन्य मधेशवादी दलहरुको साथ मिलेमा अनि आफूलाई प्रधानमन्त्री बन्न सवैले अनुरोध गरेमा प्रधानमन्त्री बन्ने भित्री आकांक्षा उनमा रहेको छ किनकी खुल्ला रुपमा आफू प्रधानमन्त्री बन्ने भनेमा जनतामा नकारात्मक सन्देश जाने हेक्का उनमा छ ।

माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिँदा ओलीले फेरि प्रतिनिधिसभा विघटन गरेर मध्यावादी निर्वाचनको लागि राष्ट्रपति समक्ष सिफारिश गर्न सम्भावना प्रवल देखेर प्रचण्ड तत्काल समर्थन फिर्ता गर्ने मनस्थितिमा नभएको बुझिएको छ । मध्यावादी निर्वाचन भएमा आफ्नो पार्टीको अवस्था नाजुक हुने आंकलन प्रचण्डले गरेका छन् ।

यद्यपि माओवादी केन्द्रका नेताहरुले केहि दिनभित्र सरकारलाई दिएको समर्थन फिर्ता गर्ने अनौपचारिक धारणा राख्दै नआएका पनि होइनन् । तर चौतर्फी आलोचना भएपछि ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्नुपर्ने नैतिक दवाव प्रचण्डलाई रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !