८ बैशाख २०८१, शनिबार

पुन:स्थापित प्रतिनिधिसभाको आठौ बैठक आज बस्दै : यस्तो छ सम्भावित कार्यसूची


सङ्घीय संसद फाइल फोटो

काठमाडौं । पुन:स्थापित प्रतिनिधिसभाको आठौ बैठक आज अपराह्न १ बजे बस्दै छ । संघीय संसद सचिवालयले जारी गरेको कार्यसूचीमा मूख्यत: २ वटा सम्भावित कार्यक्रम रहेको छ ।

आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित पहिलो कार्यक्रम (क) मा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘मधेशी आयोग’को आर्थिक वर्ष २०७६/७७ वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

यस्तै पहिलो कार्यक्रम (ख) मा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘थारु आयोग’को आर्थिक वर्ष २०७६/७७ वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

यस्तै संघीय संसद सचिवालयका अनुसार दोस्रो कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाले पुर्वसांसद ऐश्वर्यलाल प्रधानाङगको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तो छ आजको सम्भावित कार्यसूची

यस्तो छ आजको सम्भावित कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !