१३ बैशाख २०८१, बिहिबार

गृहमन्त्री बादललाई सांसदवाट हटाउने निर्णय भएको देव गुरुङको खुलासा


देव गुरुङ फाइल फोटो

काठमाडौं । माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले गृहमन्त्री रामबहादुर थापा बादललाई कारबाही गर्ने निर्णय भइसकेको बताएका छन् । अब एक/दुई दिनभित्रै संसद् सचिवालयमा पत्र जाने गुरुङले जनाए ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग् कुरा गर्दै उनले बादल प्रतिगमनको मतियार बनेको आरोप लगाए । बादलले जुनखालको दिशा लिएको र राष्ट्रघाती र जनघाती कदम चाल्ने ओलीको मतियार भएको आरोप लगाए ।

पार्टीबाट मन्त्री बनेका सांसदहरुले दल परिवर्तन गरेकोले आफूहरुले चार जना सांसदलाई कारबाही गरेको समेत स्पष्ट पारेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !