११ बैशाख २०८१, मंगलबार

देउवा भन्छन्, ‘काँग्रेसभित्र कुनै विवाद छैन, पार्टी संकटमा पनि छैन’


शेरबहादुर देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेस पार्टीभित्र कुनै किसिमको विवाद नरहेको बताएका छन् । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य स्वर्गीय नविन्द्रराज जोशीको १३ औँ पुण्यतिथिका अवसरमा कांग्रेस केन्द्रीय समितिले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको शोकसभामा बोल्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।

उनले पार्टीभित्र कुनै किसिमको विवाद नरहेको बताउदै नेताहरुले पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रममा बोलेको विषयलाई खण्डन गर्दै पार्टी कहिल्‍यै पनि संकटमा नरहेको बताएका हुन् । उनले पार्टीका नेता कार्यकर्तालाई आफैंले आफैंलाई कमजोर नबनाउन पनि आग्रह गरे।

आगामी दिनमा कांग्रेसको काँधमा ऐतिहासिक जिम्मेवारी रहेको उनको भनाइ थियो । कांग्रेस चुनाव हार्दैमा सङ्कटमा नपरेको सभापति देउवाले बताए । जोशीको निधनमा आज देशभरका ७७ वटै जिल्लामा शोकसभा भइरहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !