७ बैशाख २०८१, शुक्रबार

यस्तो छ संयोजक मिलन पाण्डेका महत्वपुर्ण ४ योजनाहरु


मिलन पाण्डे

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले हामी यस्तो नागरिक, समाज, सरकार र राज्य बनाउन चाहन्छौँ भन्दै २ मिनेट समय निकालेर पढ्न आग्रह गरेका गरेका छन्।

पाण्डेले कुनै पनि देश परिवर्तनका निम्ति नागरिक, समाज, सरकार र राज्यकै तहमा रूपान्तरण आउन जरुरी रहेको बताएका छन्। उनले हाम्रा राजनैतिक दलहरूले प्राय राज्य कस्तो हुने भन्नेमा बहस गरेता पनि उनीहरूमा नागरिक, समाज, सरकारको तहमा ल्याउन खोजेका परिवर्तनको कस्तो हो भन्ने ठोस प्रस्टता नपाइने बताएका छन् ।

उनले एक स्टाटस लेख्दै भनेका छन्, “हामी यस्तो नागरिक, समाज, सरकार र राज्य बनाउन चाहन्छौँ
( २ मिनेट समय निकालेर पढ्नुहोस् न है )
कुनै पनि देश परिवर्तनका निम्ति नागरिक, समाज, सरकार र राज्यकै तहमा रूपान्तरण आउन जरुरी छ।
हाम्रा राजनैतिक दलहरूले प्राय राज्य कस्तो हुने भन्नेमा बहस गरेता पनि उनीहरूमा नागरिक, समाज, सरकारको तहमा ल्याउन खोजेका परिवर्तनको कस्तो हो भन्ने ठोस प्रस्टता पाइँदैन।
हामी सरकारमा पुग्न र राज गर्न राजनीति गरिरहेका छैनौँ। फेरी भन्छौँ, हामी सरकारमा पुग्न र राज गर्न राजनीति गरिरहेका छैनौँ। हामी सरकारमा पुगेर डेलिभर गर्न राजनीति गरिरहेका छौँ।
त्यसैले, डेलिभर गर्नका निम्ति हामी राज्यको प्रमुख इकाई नागरिक तह देखिनै परिवर्तन ल्याउन प्रतिबद्ध छौँ। हामीले बनाउन खोजेको नागरिक, समाज, सरकार र राज्य यस्ता हुन्-
१) विवेकशील नागरिक- राजनैतिक दलको जिम्मेवारी नागरिकलाई विवेकी बनाउनु हो। अर्थात्, सही गलत छुट्याउन सक्ने बनाउने हो। अर्थात्, अधिकार र दायित्व सहित नागरिक तयार गर्ने हो। देश एउटा नेता आएर मात्र बन्छ भन्ने धारणा नै गलत छ। नेतृत्व त चाहिन्छ तर नागरिकले जबसम्म आफ्नो जिम्मेवारी निभाउँदैनन् तबसम्म देश बन्दैन। देश त नागरिकहरूको सामूहिक पहल बनाउने न हो। अब हामीले सरकार मात्रै परिवर्तन गर्ने हैन, नागरिकलाईनै परिवर्तन गर्ने सामर्थ्य बोकेको नेतृत्व अनि सङ्गठनलाई अगाडी बढाउन जरुरी छ। नागरिकलाई अधिकार सङ्गै आफ्ना कर्तव्य पनि निर्वाह गर्न सिकाउन जरुरी छ।
२) उद्यमशील समाज – हाम्रो समाज चरम दलाल पुँजीवादको दलदलमा फसेको छ। भनसुन र कृपाकै भरमा काम मिलाउने, घरका होनहारलाई लाहुर (विदेश) पठाउनुपर्ने, चाकडीबाटै स्तरोन्नति गर्नुपर्ने बाटाहरूमा अझै हाम्रो समाज फस्दै गइरहेको छ। यसले हामीलाई खोक्रो बनाउँदै छ। तसर्थ, अब हामीले आत्मनिर्भर बन्न उत्पादनशील र उद्यमशीलतामा जोड दिनै पर्छ। अबको विकल्प भनेको समाजलाई हाम्रो संस्कार र मौलिकता अङ्गाल्दै स्वाभिमानी बनाउनु हो जसले आत्मनिर्भरता, सृजनशीलता र नवीनतालाई आत्मसात् गर्न सकोस्।
३) सेवक सरकार- हाम्रो सरकार शासक मनोवृत्तिका भए। हामीले ल्याएको तन्त्रहरूले पनि हाम्रो शासकहरूको मनोवृत्ति परिवर्तन गर्न सकेन। त्यसैले अब हाम्रा वडाहरू, कार्यालयहरू, भन्सार, मन्त्रालय लगायत सबै सरकारी निकाय सेवक बन्न जरुरी छ। कुनै कार्यालय गएर नागरिकले अनावश्यक झन्झट बेहोर्न परे त्यसको जवाफ कर्मचारीले दिनुपर्छ। अधिकांश काम अनलाइनबाटै गरिनुपर्छ। फाइल बोकेर र नागरिकताको फोटोकपी गर्न कुद्नुपर्ने प्रक्रिया अब बन्द गरिनुपर्छ। अब वडाले डेलिभरी पर्सन राखेर घर-घरमै सेवा दिन पर्छ। हाम्रा सरकारी कार्यालयले एउटा नागरिक रेस्टुरेन्ट जाँदा पाइने सम्मान र आत्मसन्तुष्टि दिन सक्नुपर्छ।
४) कल्याणकारी राज्य- राज्य नागरिक केन्द्रित हुन जरुरी छ। राज्य भनेको त नागरिकको साथी जस्तो हुन पर्छ। राज्यले प्रत्येक नागरिकको शिक्षाको जिम्मा लिनुपर्छ। शिक्षा नागरिकको लागी पूर्ण निःशुल्क र गुणस्तरीय हुन जरुरी छ। राज्यले नागरिकलाई आधारभूत स्वास्थ्यको प्रत्याभूति गराउन जरुरी छ। हरेक नेपालीका निम्ति रोजगारीको समान अवसर दिलाउनु राज्यको दायित्व हो। नागरिकको सुरक्षा गर्नु राज्यको दायित्व हुनै पर्छ। राज्य यस्तो होस्, जहाँ नागरिकले गाँस, बास, कपासको चिन्ता नगरी मज्जाले आफ्नो योग्यता अनि क्षमता अनुसार काम गरेर आफ्नो परिवारसँग जीवन बिताउन सकुन्। वर्षमा एकचोटी घुम्न देश-विदेश जान सक्ने ल्याकत राखुन्।
( तपाईँको साथ चाहिएको छ। हामी विवेकशील साझा पार्टीलाई तपाईँको जीवनमा परिवर्तन ल्याउने पार्टी बनाउन चाहन्छौँ। साथ दिनको लागी:
अबको नेपाल हिजोको नेपाल नभएको बताएका छन्। पाण्डेले आज आधा देश २४वर्ष मुनि रहेको र अधिकांश युवा कुनै सङ्गठनको दास बन्न अस्विकार गरेको बताएका छन् ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !