१३ बैशाख २०८१, बिहिबार

गण्डकी प्रदेशका २ जना माओवादी मन्त्रीले राजीनामा दिने


हरिबहादुर चुमान र लेखबहादुर पुन

पोखरा । गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्रले सरकार छाड्ने निर्णय गरेको छ । यद्यपि संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भने अहिलेसम्म गरेको छैन ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्बा गुरुङ नेतृत्वको सरकारमा रहेका नेकपा माओवादी केन्द्रका २ जना मन्त्रीले राजीनामा दिने भएका हुन् ।

आज बुधबार विहान बसेको माओवादी संसदीय दल बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन दिएको निर्देशन अनुसार उनीहरुले राजीनामा दिन लागेका हुन् ।

आज राजीनामा दिनेहरुमा आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर पुन रहेका छन् ।

उनीहरूले आज साँझसम्म राजीनामा गर्ने प्रतिबद्धता जनाएको एक जना माओवादी सांसदले बताए । गण्डकी प्रदेश सभाको बैठक आज १ बजे बस्दैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !