४ बैशाख २०८१, मंगलबार

एमाले र माओवादीवीच प्रधानमन्त्रीको भागवण्डा : ओली तीन वर्ष, प्रचण्ड दुई वर्ष


prachanda_kp_oli

२ फागुन, काठमाण्डौ । एमाले र माओवादीवीच पार्टी र सरकारको नेतृत्व भागवण्डामा चलाउने सहमति जुटेको छ । यसलाई अन्तिम रुप दिन मानभवनस्थित एक घरमा पार्टी एकता संयोजन समितिको बैठक चलिरहेको छ । दुबै दलका नेताहरुले बताए अनुसार एकतापछि पार्टीमा प्रचण्ड र ओलीको संयुक्त नेतृत्व हुनेछ भने प्रधानमन्त्री आलोपालो हुनेछन् ।

नेताहरुलाई बि्रफिङ गर्दा ओलीले द्वि-अध्यक्षमा सहमति नजिक रहेको बताएका छन् भने प्रचण्डलेसहअध्यक्ष भनेका छन् । द्वी-अध्यक्ष कि सहअध्यक्ष भन्ने एकता संयोजन समितिको बैठकले टुंगो लगाउने छ । एक नेताले भने, ‘दुबै नेताले आफूहरुलाई सहज हुने गरी प्रस्ताव ल्याउने कुरा भएको छ ।’

ओली र प्रचण्ड आलोपालो प्रधानमन्त्री हुने सहमति पनि जुटेको छ । माओवादी नेताहरुले यो भद्र सहमति भइसकेको दाबी गर्दै आएका थिए भने एमालेले अस्वीकार गरेका थिए । यद्यपि वाम गठबन्धनका सुत्रधार एमाले उपाध्यक्ष वामदेव गौतमले सार्वजनिक रुपमा नै आलोपालो प्रधानमन्त्रीको सहमति भएको बताएका थिए । एमाले अध्यक्ष ओली सुरुमा प्रधानमन्त्री हुनेछन् र उनको कार्यकाल तीन वर्ष हुनेछ । बाँकी दुई वर्षका लागि प्रचण्ड प्रधानमन्त्री हुने एमालेको प्रस्ताव रहेको एक नेताले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु