१० श्रावण २०८१, बिहिबार

प्रचण्डले खोसे गृहमन्त्री बादलको सांसद पद, अब के गर्लान् ?


राम बहादुर थापा

काठमाडौँ । नेकपा माओवादी केन्द्रले माओवादी छोडेर नेकपा एमालेमा लागेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित ५ जना मन्त्रीको सांसद पद च्वाट भएको छ । माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापासहित उनीको सांसद पद खोस्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले २३ फागुनमा एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमालेमै रहने निर्णय लिएका ती मन्त्रीहरूको सांसद पद खोस्ने निर्णय पार्टीले गरेको राष्ट्रियसभामा माओवादी केन्द्रका संसदीय दलका नेता दीनानाथ शर्माले बताए ।

‘पार्टीले उहाँहरूलाई फर्किन गरेको आह्वानलाई बेवास्ता गर्दै एमालेमा रहने निर्णय लिएका मन्त्रीहरूको सांसद पद खोस्ने निर्णय भएको छ,’ उनले भने ।
माओवादी केन्द्रले गृहमन्त्री थापासँगै उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीको सांसद पद खोसिएको संसद् सचिवालयलाई पत्राचारसमेत गरेको छ ।

कारबाहीमा परेका गृहमन्त्री थापा राष्ट्रियसभाका सांसद हुन् भने भट्ट, रामयमाझी साह र चौधरी प्रतिनिधिसभाका सदस्य हुन्। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई फागुन २८ मा केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । सांसद नरहेका खानेपानीमन्त्री मणिचन्द्र थापा र खेलकुदमन्त्री दावा लामालाई पनि माओवादी केन्द्रले कारबाही गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !