१३ बैशाख २०८१, बिहिबार

एमाले प्रमुख सचेतकको चेतावनी : खनाल-नेपाल समूहको समानान्तर कमिटीमा बस्नेलाई कारवाही गरिने


बिशाल भट्टराई

काठमाडौँ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्टीको विधि र विधानविपरीत समानान्तर गतिविधि गर्ने, समानान्तर कमिटी गठन गर्ने सबैलाई कारवाही हुने चेतावनी दिएका छन् ।

प्रतिनिधि सभाको वैठकवाट बाहिरिँदै गर्दा प्रमुख सचेतक भट्टराईले एमालेको झलनाथ खनाल र माधव नेपालसमूहले गठन गरिरहेका समानान्तर कमिटीको नाम नलिई यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने,‘जसरी हिजोका दिनमा केही नेतृत्वका व्यक्तिहरूलाई कारबाहीको प्रक्रिया अघि बढेको छ अब यही तरिकाले जाने हो भने समानान्तर कमिटी गठन गर्न उद्दत हुने र त्यो कमिटीमा बस्नेहरू समेतलाई कारबाहीको दिशामा पार्टी अगाडि बढ्छ।’

‘यदि कोही व्यक्ति अवैधानिक तरिकाले चल्छ भने पार्टीको कारवाहीको भागीदार हुन्छ’, भट्टराईले भने, ‘विधि र विधानवाट चल्नुपर्ने पार्टीमा यदि गैरकानुनी गतिविधि हुन्छन् भने स्वाभाविक रुपले पार्टीको कारवाहीको विषय बन्छ।’

समानान्तर कमिटी गठन गर्ने कार्य स्वीकार्य नहुने भन्दै उनले यही तरिकाले जाने हो भने कमिटी गठन गर्न उद्दत हुने र कमिटीमा बस्नेहरुलाई पनि कारवाही हुने बताए ।

लोकतान्त्रिक विधि, परम्परा र विधानबाट चल्नुपर्ने पार्टीलाई गैह्रकानुनी र गैह्रसंवैधानिक तरिकाले चलाउन खोजिएको पनि बताए। समानान्तर कमिटी गठन गर्ने कुरा पार्टीलाई स्वीकार्य नहुने पनि उनले बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !