८ बैशाख २०८१, शनिबार

म्यानमारको सैनिक शाशन र नेपाल सरकारको चरित्र एउटै हो : सांसद डिला संग्रौला


डिला संग्रौला

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी सांसद डिला संग्रौलाले म्यानमारको सैनिक शाशन र नेपाल सरकारको चरित्र एउटै हो भनेर प्रश्न गरेकी छन् । आज सोमबार पुन:स्थापित प्रतिनिधिसभाको सातौ बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई म्यानमार हिंसाप्रति प्रश्न गर्दै उनले यस्तो बताएकी हुन् ।

हालै सम्पन्न विम्स्टेक स्तरीय परराष्ट्र मन्त्रीहरूको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले म्यानमार हिंसाबारे कुरा नठाएको भनेर उनको चौतर्फी आलोचना भएपछि मन्त्री ज्ञवालीले म्यानमार हिंसाप्रति नेपाल सरकारको आधिकारिक धारणा संसदमा प्रस्तुत गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !