७ बैशाख २०८१, शुक्रबार

‘बालुवाटारबाट सडक शिलान्यास, प्रधानमन्त्रीज्यू यो त नौटंकी नै हो’ : सांसद शाही


रंगमति शाही

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी सांसद रंगमति शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले तयारीविनै बालुवाटारबाट १६५ निर्वाचन क्षेत्रका रणनीतिक सडक शिलान्यास गर्नुलाई नौटंकीको संज्ञा दिएकी छन् ।

आज सोमबार पुन:स्थापित प्रतिनिधिसभाको सातौ बैठकको शुन्य समयमा बोल्दै सांसद शाहीले अति महत्त्वपूर्ण विधेयकहरु थन्किएको, कर छल्नेको घरमा पार्टी कार्यलय राख्ने, संसदले महिला हिसंशाविरुद्धको विधेयक ल्याउन नदिएको भनेर प्रधानमन्त्रीले ढाँट्ने गरेको पनि बताइन् ।

सांसद शाहीले भनिन्, ‘तयारी नै नगरी १६५ निर्वाचन क्षेत्रमा रणनैतिक सडक भनेर बालुवाटारबाट स्वीच थिचेर शिलान्यास गर्नुहुन्छ सम्माननीय प्रधानमन्त्रीज्यू यो त नौटंकी नै हो ।’

उनले संसदले जन्माएको प्रधानमन्त्री संसद र सिंहदरवारमा आउन डराएको र बालुवाटार पनि सरकारी निवास नै भएकाले बालकोटमै गएर राज गर्दा राम्रो हुने सुझाव दिइन् ।

सांसद शाहीले देश रेल मार्ग, जल मार्ग र सुरुङ मार्गले नयाँ युगमा प्रवेश गरेको भनिए पनि आफ्नो जिल्लावासीले एम्बुलेन्स समेत नदेखेको भन्दै सकरारको आलोचना गरेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !