कांग्रेस सांसद कँडेलले भने, 'केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री हुन्' Nepalpatra कांग्रेस सांसद कँडेलले भने, 'केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री हुन्'

१८ श्रावण २०७८, सोमबार

कांग्रेस सांसद कँडेलले भने, ‘केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री हुन्’


देवेन्द्रराज कँडेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले केपी शर्मा ओली नेकपा एमालेको तर्फबाट अन्तिम प्रधानमन्त्री हुन सक्ने संकेत गरेका छन् । आज सोमबार पुन:स्थापित प्रतिनिधिसभाको सातौ बैठकको विशेष समयमा बोल्दै उनले यही अवस्था रहेमा ओली एमालेबाट अन्तिम प्रधानमन्त्री हुने बताएका हुन् ।

२०७४ सालको निर्वाचनका बेला गोरखाको पालुङटारमा हालका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसका अन्तिम प्रधानमन्त्री हुने भनी अभिव्यक्ति दिएको प्रसंग समेत कोट्याएका छन् ।

वर्तमान प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्नेमा नलिएको भन्दै उनले प्रश्न समेत उठाए । संविधानको धारा १०० को उपधारा २ अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने उनको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
ताजा