१२ बैशाख २०८१, बुधबार

पुन:स्थापित प्रतिनिधिसभाको सातौ बैठक आज बस्दै : यस्तो छ सम्भावित कार्यसूची


सङ्घीय संसद फाइल फोटो

काठमाडौं । पुन:स्थापित प्रतिनिधिसभाको सातौ बैठक आज अपराह्न १ बजे बस्दै छ । संघीय संसद सचिवालयले जारी गरेको कार्यसूचीमा मूख्यत: ३ वटा सम्भावित कार्यक्रम रहेको छ ।

आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित पहिलो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तीसौं वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७६/७७ पेश गर्ने कार्यसूची रहेको छ ।

यस्तै दोस्रो कार्यक्रममा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन २०७७ पेश गर्ने कार्यसूची रहेको छ ।

यस्तै तेस्रो कार्यक्रममा राज्य व्यवस्ता तथा सुशाशन समितिका सभापति शशि श्रेष्ठले संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको वार्षिक प्रतिवेदन २०७७ पेश गर्ने कार्यसूची रहेको छ ।

संसदका बसिरहेका बैठकहरु सरकारले ‘विजनेश’ नदिंदा प्रतिनिधिसभाले ठोस काम गर्न नसकेकी औपचारिकताका लागि मात्र सीमित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटावीच शीतयुद्ध सिर्जना भएर सरकार र संसदबीचको तित्तता बढेको छ ।

यस्तो छ सम्भावित कार्यसूची

यस्तो छ सम्भावित कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !