७ बैशाख २०८१, शुक्रबार

ओली र प्रचण्डवीचको भेटवार्ता सकियो, भोली पार्टी संयोजन समितिको बैठक बस्ने


olo and prachanda

१ फागुन, काठमाण्डौ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच पार्टी एकताबारे निर्णायक छलफल सकिएको छ। ललितपुरको मानभनवनस्थित एक व्यवसायीको घरमा बसेको बैठकमा दुई नेताले बुधबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यस बैठकवाट पार्टी एकताको खाका तयार पार्ने सहमति भएको बताइएको छ। पद बाँडफाँट र पार्टीको नामबारे यसअघि नै सहमति भइसकेको बताइएको छ। सार्वजनिक नगरे पनि एकीकृत पार्टीमा दुवै शीर्ष नेता सहअध्यक्ष बन्ने र सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको थियो। त्यस्तै, एकतापछि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने सहमति भएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !