७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले भने, ‘भगिरथले गंगा ल्याए, हामीले मेलम्ची ल्यायौ’


केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जसरी भगिरथले गंगा ल्याएका थिए त्यसरी नै हामीले काठमाडौँमा मेलम्ची खानेपानी ल्याएको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट आज प्रधानमन्त्री ओलीले डिजिटल रुपमा स्वीच थिचेर १६५ वटै संघीय निर्वाचन क्षेत्रमा १/१ वटा सडकका दरले १६५ वटा सडकको एकैपटक शुभारम्भ गर्दै उनले सो कुरा बताएका हुन् ।

केहि मान्छे र मिडियाले सरकारले गरेको काम केहि पनि नदेख्ने गरेको आरोप लगाउदै हिजो काठमाडौंको भृकुटीमण्डपमा नवनिर्मित ३ वटा सार्वजनिक ढुंगेधाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको खानेपानीको औपचारिक उद्घाटन गरेको समाचार मूलधारको मेडिया भन्ने कथित दैनिकमा प्रकाशित नभएको भनेर उनले गुनासो गरेका हुन् ।

देशको विकास सवै नेपाली जनताको साझा आकांक्षा भएकोले यो कसैले रोक्न नसक्ने ओलीले बताए । उनले यी सडक ३ वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य राखेर सडकको कुल लागत ५७ अर्ब १० करोड रुपैयाँ बजेट बिनियोजन गरिएको समेत बताए ।

मेलम्ची खानेपानीको काठमाडौंको भृकुटीमण्डपमा नवनिर्मित ३ वटा सार्वजनिक ढुंगेधाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको खानेपानीको औपचारिक उद्घाटन गरेकी हुन् । झण्डै ३ दशकको प्रयासमा सफल हुँदा राष्ट्रपति भण्डारीले कृष्णप्रसाद भट्ट्टराईलाई सम्झिइएकी थिइन् ।

तर राष्ट्रपति भण्डारीअघि बोलेका प्रधानमन्त्री केपी शर्मा ओलीले भने आयोजनाका विषयलाई लिएर कृष्णप्रसाद भट्टराईलाई नसम्झिएपछि प्रधानमन्त्री ओलीको मेडिया र सामाजिक संजालमा चर्को आलोचन भएको थियो । ३ दशक पुरानो आयोजनालाई पूरा गर्न आफूहरुले तीव्र प्रयास गरेको प्रधानमन्त्री ओलीले बताएका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले हिजो मेलम्चीबाट पानी ल्याई काठमाडौँका जनताको घर-घरमा पुर्‍याउने आयोजनाको परिकल्पना राजा विरेन्द्रको भएको तर पछि कृष्ण प्रसाद भट्टराईले मुखरित गरेको इतिहासको दृष्टान्त प्रस्तुत गरेपछि ओलीको यस्तो धारणा आएको हो ।

हिजो दिउसो सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले यस प्रसंगमा राजा बीरेन्द्रको नाम उल्लेख गर्दा हिनताबोध गर्नु जरुरी नभएको भन्दै कसैले चाहेर पनि नेपाली इतिहासबाट राजाको नाम र योगदान मेटाउन नसक्ने बताएका थिए ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीले बालुवाटारबाट एकसाथ गरे १६५ वटा सडकको शुुभारम्भ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !