८ बैशाख २०८१, शनिबार

कमल थापा भन्छन्, ‘मेलम्चीको परिकल्पनाकार राजा विरेन्द्र हुन्, पछि किसुनजीले मुखरित गरे’


राजा विरेन्द्र, कमल थापा र कृष्ण प्रसाद भट्टराई

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले मेलम्चीबाट पानी ल्याई काठमाडौँका जनताको घर-घरमा पुर्‍याउने आयोजनाको परिकल्पना राजा विरेन्द्रको भएको तर पछि कृष्ण प्रसाद भट्टराईले मुखरित गरेको इतिहासको दृष्टान्त प्रस्तुत गरेका छन् ।

आज दिउसो सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले यस प्रसंगमा राजा बीरेन्द्रको नाम उल्लेख गर्दा हिनताबोध गर्नु जरुरी नभएको भन्दै कसैले चाहेर पनि नेपाली इतिहासबाट राजाको नाम र योगदान मेटाउन नसक्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘मेलम्चीबाट पानी ल्याई काठमाडौँका जनताको घर घरमा पुर्‍याउने आयोजनाको परिकल्पना राजा बिरेन्द्रको हो । पछि किसुनजीले मुखरित गर्नुभयो । यस प्रसंगमा राजा बीरेन्द्रको नाम उल्लेख गर्दा हिनताबोध गर्नु जरुरी छैन । कसैले चाहेर पनि नेपाली इतिहासबाट राजाको नाम र योगदान मेटाउन सक्दैनन् ।’

मेलम्चीको पानी र दिवंगत पूर्वप्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको नाम परिपूरक हुन् । जहाँ मेलम्चीको पानीको कुरा आउछ त्यहाँ पूर्वप्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको नाम आईहाल्छ ।

अझ नेपाली काँग्रेसले त मेलम्चीको पानीसँग कृष्ण प्रसाद भट्टराईको नाम जोडेर आगामी निर्वाचनमा एजेण्डा प्रस्तुत गर्ने सोच बनाईरहेको बेला थापाको ट्वीटले काँग्रेसका नेताको मुटुमा छुरा हानेको छ ।

मेलम्ची खानेपानीको काठमाडौंको भृकुटीमण्डपमा नवनिर्मित ३ वटा सार्वजनिक ढुंगेधाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको खानेपानीको औपचारिक उद्घाटन गरेकी हुन् । झण्डै ३ दशकको प्रयासमा सफल हुँदा राष्ट्रपति भण्डारीले कृष्णप्रसाद भट्ट्टराईलाई सम्झिइन् ।

तर राष्ट्रपति भण्डारीअघि बोलेका प्रधानमन्त्री केपी शर्मा ओलीले भने आयोजनाका विषयलाई लिएर कृष्णप्रसाद भट्टराईलाई सम्झिएनन् । ३ दशक पुरानो आयोजनालाई पूरा गर्न आफूहरुले तीव्र प्रयास गरेको प्रधानमन्त्री ओलीले बताए ।

यसरी मेलम्ची खानेपानीको बारेमा आफ्नो क्रेडिट लिन प्रधानमन्त्री ओली, नेकपा एमाले र नेपाली काँग्रेसको होडबाजी चलिरहेको बेला थापाको यस्तो ट्वीट बाहिर आएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !