१३ बैशाख २०८१, बिहिबार

राष्ट्र गौरवको विषयलाई मुख्य समाचार बनाउन आग्रह


गणेश तिमिल्सिना फाइल फोटो

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रको गौरवका विषयलाई मुख्य समाचार बनाएर अन्तराष्ट्रिय समुदायसम्म पु¥याउन सञ्चार जगतले महत्वपुर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।

सातौँ अधिवेशनबाट निर्वाचन संसदीय मामिला पत्रकार समाजको नयाँ कार्यसमितिलाई शुभकामना आदानप्रदान तथा प्रमाणपत्र वितरण समारोहमा आज उहाँले सकारात्क विषयलाई केन्द्रमा राखेर पत्रकारले कलम चलाउनुपर्ने बताउनुभयो ।

संसद् सचिवालयका महासचिव भरतराज गौतमले निवर्तमान कार्यसमितिलाई धन्यवाद दिदैँ नयाँलाई कार्यकाल सफलताको शुभकामना दिनुभयो । समाजका नव निर्वाचित अध्यक्ष सञ्जिव बगालेले संसदीय समाचार सङ्कलनका क्रममा भएका समस्यालाई सामुहिक रुपमा समाधान गर्नका लागि आफ्नो नेतृत्व सधै तयार रहने प्रतिबद्धता जनाउनुभयो ।

यही चैत १४ गते भएको निर्वाचनमा बगालेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको थियो । समाजका उपसभापतिमा डीपी उपाध्याय र तुलसी सापकोटा, महासचिव विष्णु खड्का, सचिव जयसिंह महरा र दीपेश श्रेष्ठ तथा कोषाध्यक्षमा सिर्जना घिमिलेलाई चयन गरिएको थियो ।

समाजको सातौँ अधिवेशनबाट कार्यसमितिका सदस्यमा रोशन सापकोटा, सविता शर्मा, अङ्गराज न्यौपाने, किरण दाहाल, शम्भुु दङ्गाल, आकाश घिमिरे, केशवबहादुर भूल र अमरदीप श्रेष्ठ दुुई वर्र्षे कार्यकालका लागि निर्वाचित हुनुुभएको छ ।

संसद् र संसदीय समितिलाई मुख्य बिट बनाएर समाचार लेख्ने तथा तस्वीर खिच्ने पत्रकारको साझा थलोका रुपमा समाज रहीआएको छ । उक्त समाजको पछिल्लो अद्यावधिकमा १३६ पत्रकार सदस्य कायम हुनुुहुुन्छ । नवनिर्वाचित सबै पदाधिकारीलाई आज अध्यक्ष तिमिल्सिनाले प्रमाणपत्र प्रदान गर्नुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !