प्रधानमन्त्री कार्यालयमा सर्दै गृहमन्त्री रामबहादुर थापा Nepalpatra प्रधानमन्त्री कार्यालयमा सर्दै गृहमन्त्री रामबहादुर थापा
४ बैशाख २०७८, शनिबार

प्रधानमन्त्री कार्यालयमा सर्दै गृहमन्त्री रामबहादुर थापा


रामबहादुर थापा

काठमाडौं । वैशाख १ गतेदेखि गृह मन्त्रालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रहेको भवनमा सर्ने भएको छ । वि.स २०७२ सालको भूकम्पले केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको भवनमा सरेको थियो ।

सिंहदरबारको पूर्वी भवनको पुनर्निर्माण सम्पन्न भएपछि प्रधानमन्त्री कार्यालय सोही भवनमा सरेसँगै उक्त खाली भवनमा गृह मन्त्रालय सर्न लागेको हो । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार भवनको निरीक्षण गरेका छन् ।

डेढ महिनाअघि सो भवनबाट प्रधानमन्त्री कार्यालय पुरानै स्थानमा सरेको थियो । हाल गृह मन्त्रालय रहेको केही भवनहरू पुनर्निर्माण गर्ने तथा केही भवन भत्काएर नयाँ भवन बनाउने सरकारको तयारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !