१ आश्विन २०८१, मंगलबार

ओलीले कारबाही गरेपछि सुरेन्द्र पाण्डेले दिए यतिसम्मको चुनौति

सुरेन्द्र पाण्डे भन्छन्, 'केपी शर्मा ओली लामो कालदेखि गुटपरस्त मानिस हुन्'


सुरेन्द्र पाण्डे फाइल फोटो

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेबाट निलम्वन गरिएका नेता सुरेन्द्र पाण्डेले आफूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरेपछि ओलीलाई चुनौति दिदै थुप्रै आरोप समेत लगाएका छन् । ओलीले कारबाही गरेपछि उनले पार्टी अध्यक्ष केपी शर्मा ओली लामो कालदेखि गुटपरस्त मानिस भएको आरोप लगाएका छन् ।

सामाजिक संजाल फेसबुकमा आज राती लेख्दै उनले आफूलाई निलम्बन गर्ने ओलीको कदम पूर्व नियोजित र अपेक्षित नै भएको बताएका छन् । गुटबन्दी गर्दैगर्दै गएर नवौँ महाधिवेशनमा पार्टी कब्जा गरेर गुटद्वारा कब्जा गर्दै पार्टीका मानिस निकाल्ने, गुटद्वारा शासन गर्ने सिलसिलाकै जारी रूप भएको उल्लेख गरेका छन् ।

यस्तै उनले यसले आन्दोलनलाई नोक्सानी गर्ने भन्दै एमाले र मुलुकको कम्युनिस्ट आन्दोलन नै समाप्त गर्ने दिशातिर ओली लागेको आरोप समेत लगाएका छन् । त्यस्तै आफूहरु कम्युनिस्ट आन्दोलनको झण्डालाई झुक्न नदिने भन्दै यसलाई अघि बढाउने कुरामा कुनै कसर बाँकी नराख्ने उल्लेख गरेका छन् ।

साथै पाण्डेले घोषणा पत्र मार्फत गरिएको बाचाहरू, समृद्ध नेपाल निर्माण गर्ने अभिभाराहरू हामी पुरा गर्न थप सशक्त, अझ जुझारू र गम्भीर भएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

यो पनि पढ्नुहोस्

ओलीले कारबाही गरेपछि घनश्याम भुसालले लेखे यस्तो भावुक स्टाट्स

यस्ता छन् ओलीद्वारा भुसाल र पाण्डेलाई निलम्बन गरिएका छुट्टाछुटै पत्रहरु

अन्तत: ओलीले गरे भुसाल र पाण्डेमाथि कारबाही : पार्टीबाट ६ महिना निलम्बन

ओलीलाई सुरेन्द्र पाण्डेको ९ पन्ने स्पष्टीकरण : ‘तपाई कंगारु अदालतको अभ्यास गर्दै हुनुहुन्छ’ (पूर्णपाठ)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !