६ बैशाख २०८१, बिहिबार

माधव नेपाल समूहलाई प्रदीप ज्ञवालीले दिए कडा चेतावनी


प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेता माधवकुमार नेपाल समूह समानान्तर पार्टीमा समानान्तर गतिविधि कायम राखे कारबाही हुने चेतावनी दिएका छन्। संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसंग कुरा गर्दै ज्ञवालीले एमाले मन नपरे अर्को पार्टी खोल्न वा अर्को कुनै दलसँग जोडिन आग्रहसमेत गरे ।

ज्ञवालीले नेकपा एमालेको नाममा कुनै पनि समानान्तर गतिविधि गर्न नमिल्ने र त्यो भनेको घोषित रुपमा पार्टीलाई विग्रहमा पुर्याउने, पार्टीलाई विखण्डित गर्ने, पार्टीलाई विभाजित गर्ने कुरा भएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !