८ बैशाख २०८१, शनिबार

प्रदेश १ मा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने


indra bahadur hango

विराटनगर । प्रदेश १ मा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको दिएको समर्थन फिर्ता लिने भएको छ । साथै अविश्वासको प्रस्तावबाट नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहले हस्ताक्षर फिर्ता लिएपछि माओवादी केन्द्रले पनि अविश्वासको प्रस्ताव फिर्ता लिने भएको हो ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने नेकपा माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए । प्रदेश १ प्रदेशसभाको बैठकअघि नै माओवादी केन्द्रले समर्थन फिर्ता लिने उनले बताए ।

प्रदेश १ को सातौ हिउँदे अधिवेशनको चौथो बैठक आगामी चैत २३ गते बस्दैछ । ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिएपनि देशसभामा नेकपा एमाले एक्लैसँग स्पष्ट बहुमत सत्ता समीकरणमा कुनै असर नपर्ने देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा भङ्ग गरेपछि विभाजित बनेको तत्कालीन नेकपा प्रचण्ड-नेपाल समूहले पुस १२ गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको थियो ।

सर्वाेच्च अदालतको फैसलापछि नेकपा एमालेको खनाल-नेपाल समूहका १६ जनाले मङ्गलबार सामूहिक रूपमा अविश्वासको प्रस्ताव फिर्ता लिएका थिए । खनाल-नेपाल समूहले पार्टीको दबाबका आधारमा अगाडि नै फिर्ता लिएपनि माओवादी केन्द्रले भने बैठकबाटै फिर्ता लिने तयारी गरेको हो ।

प्रदेश १ मा बहुमत सरकार निर्माणका लागि ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्छ । प्रदेशसभामा नेकपा एमालेका ५१ जना प्रदेशसभा सदस्य छन् । माओवादी केन्द्रसँग १६ जना, नेपाली काँग्रेससँग २१ जना, जसपासँग ३ जना, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चसँग १/१ जना प्रदेशसभा सदस्य रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !