१३ बैशाख २०८१, बिहिबार

माओवादी केन्द्रले भन्यो, ‘प्रधानमन्त्रीले चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्छ’


देव गुरुङ संसदमा फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्ने बताएका छन् । साथै उनले अहिलेको केपी शर्मा ओली नेतृत्वको सरकार काम चलाउ भएको बताएका छन् ।

आज बुधबार पुन:स्थापित प्रतिनिधिसभाको छैटौ बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक गुरुङले सर्वोच्च अदालतको पछिल्लो फैसलापछि दल विभाजित भएको भन्दै सरकारको अवस्थाबारे प्रश्न उठेको दावी गरे ।

सरकारलाई दिएको सर्मथन अहिलेसम्म पनि फिर्ता नलिएको नेकपा माओवादी केन्द्रले सरकारको ‘संवैधानिक हैसियत’ बारे प्रश्न उठाएको छ । उनले दल विभाजन भएको भन्दै सरकारले विश्वासको मत लिनुपर्ने भन्दै त्यो समय चैत २३ सम्ममात्रै रहेको बताए ।

उनले संसद विघटन गरेपछि सरकार स्वतः काम चलाउ हुने तर्क गर्दै अहिले पनि सरकार काम चलाउ नै रहेको दावी गरे । धारा १०० को उपधारा २ मा सत्तारुढ दल विभाजित भएमा वा सरकारमा भएको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !