७ बैशाख २०८१, शुक्रबार

पुन:स्थापित प्रतिनिधिसभाको छैटौ बैठक आज बस्दै : यस्तो छ सम्भावित कार्यसूची


सङ्घीय संसद फाइल फोटो

काठमाडौं । पुन:स्थापित प्रतिनिधिसभाको छैटौ बैठक आज अपराह्न १ बजे बस्दै छ । संघीय संसद सचिवालयले जारी गरेको कार्यसूचीमा मूख्यत: ४ वटा सम्भावित कार्यक्रम रहेको छ ।

आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित पहिलो कार्यक्रमको (क) र (ख) मा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

यस्तै दोस्रो कार्यक्रममा विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्काले आर्थिक वर्ष, २०७७ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यस्तै तेस्रो कार्यक्रममा विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्काले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संसोधन) विधयेक सम्वन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

संसद सचिवालयका अनुसार चौथो कार्यक्रमको (क) मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएकोमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ भने (ख) मा नेपाली कांग्रेसबाट तत्कालीन संविधानसभा सदस्य रहेकी लक्ष्मीदेवी भण्डारीको निधन भएकोमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

पुन:स्थापित प्रतिनिधिसभाको छैटौ बैठकको सम्भावित कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !