६ बैशाख २०८१, बिहिबार

वर्तमान संविधान र व्यवस्था असफल भएको भन्दै कमल थापाले उठाए गम्भीर प्रश्नचिन्ह


कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हाल विकसित घटनाक्रमले वर्तमान संविधान र व्यवस्थाको औचित्यमाथि गम्भीर प्रश्नचिन्ह खडा भएको बताएका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज दिउसो लेख्दै उनले भ्रष्टाचार, धर्म परिवर्तन, कुशासन, सर्वसत्तावाद र बिदेशीको चलखेल वर्तमान समयका प्रमुख चुनौतीहरू रहेको बताएका छन् ।

साथै उनले यस पृष्ठभूमिमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको कार्यान्वयन र विकल्पवारे पुनर्विचार गर्न आग्रह समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘हाल विकसित घटनाक्रमले वर्तमान संविधान र व्यवस्थाको औचित्यमाथि गंभीर प्रश्नचिन्ह खडा भएको छ । भ्रष्टाचार, धर्मपरिवर्तन, कुशासन, सर्वसत्तावाद र बिदेशीको चलखेल वर्तमान समयका प्रमुख चुनौतीहरू हुन् । यस पृष्ठभूमिमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको कार्यान्वयन र विकल्पवारे पुनर्विचार गरौँ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !