७ बैशाख २०८१, शुक्रबार

प्रदेश नम्बर ५ को सभामुख घर्तीलार्इ बनाउने माअाेवादी केन्द्रको निर्णय


purna bahadur gharti

२९ माघ, बुटवल । प्रदेश नम्बर ५ को प्रदेशसभामुखमा माओवादी केन्द्रवले रुकुमका पूर्णबहादुर घर्तीलाई पठाउने निर्णय गरेको छ । ५ नम्बर प्रदेशमा फागुन २ गते सभामुख चयन गर्ने प्रदेशसभाको कार्यसूची तय भएको छ ।

माओवादी प्रदेश संसदीय दलको आइतबार राति अबेरसम्म चलेको बैठकले घर्तीलाई सभामुखसहित संसदीय दलको उपनेतामा प्यूठानका कृष्णध्वज खड्का, दलको प्रमुख सचेतकमा रुपन्देहीका दधिराम न्यौपाने र सचेतकमा दाङकी दामा शर्मालाई बनाउने निर्णय गरेको माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !