१३ बैशाख २०८१, बिहिबार

देउवाले आज बोलाए कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक

कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै


शेरबहादुर देउवा फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः३० बजे बैठकमा पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ ।

नेता जोशीको नर्भिक अस्पतालमा उपचारमा क्रममा शुक्रबार राति निधन भएको हो । स्व. जोशीको पार्थिव शरीरलाई मध्याह्न १२.०० बजेदेखि २.०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने पार्टी कार्यालयले जनाएको छ ।

गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि उहाँलाई उपचारार्थ वीर अस्पताल हुँदै नर्भिक अस्पताललाई भर्ना गरिएको थियो । विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मेका नेता जोशी २०७० मा काठमाडौँ क्षेत्र नं ८ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !