१३ बैशाख २०८१, बिहिबार

दहैसम्म लचिलो भएर पार्टी एकतालाई ध्यान दिनुपर्छ : वरिष्ठ नेता खनाल


झलनाथ खनाल फाइल फोटो

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले दहैसम्म लचिलो भएर पार्टी एकतालाई ध्यान दिनुपर्ने बताएका थिए । खनाल-नेपाल समूहको केन्द्रीय सदस्यको हिजो आयोजित भेलालाई सम्बोधन गर्दै उनले एकतालाई आफूहरुले जोड दिएपनि वर्तमान अध्यक्ष केपी शर्मा ओलीले त्यसतर्फ ध्यान नदिएको आरोप लगाएका थिए ।

उनले सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलादेखि अहिलेसम्म एकताका लागि कुनै पनि प्रयास नगरेको र वातावरण समेत नबनाएको बताएका थिए । एमालेका नेता माधव नेपालले एकताका लागि कुनै कसुर बाँकी नराखी पहल भइरहेको जानकारी दिएका थिए ।

उनले अदालतको गरेको फैसला स्वीकार गरेर अघि बढिरहेको र पार्टीको अहिलेसम्मको इतिहास, माया जोगाउन जनताको आशा र भरोसालाई बुझेर पार्टीलाई अगाडि बढाउनुपर्नेमा बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !