१३ बैशाख २०८१, बिहिबार

बैठक नसकिदै बाहिरिए खनाल : पार्टी एकता जोगाउन जेठ २ मा फर्किन ओलीलाई आग्रह


झलनाथ खनाल फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको पार्टीको संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।

नेकपा एमालेको खनाल-नेपाल समूहले बैठकमा भाग लिने निर्णय गरेसँगै पूर्वप्रधानमन्त्री एवं एमालेका बरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा सांसदहरु आजको बैठकमा सहभागी भएका थिए । एमालेको संसदीय दलको बैठक नसकिदै नेता खनाल बालुवाटारबाट बाहिरिएका छन् ।

नेता खनाल दलको बैठकमा आफ्नो धारण राखेर बाहिरिएका हुन् । खनालले बैठकमा सर्वोच्चको फैसलाले एमाले पूर्ववत् अवस्थामा फर्किएको भन्दै पार्टीलाई एकताबद्ध र एकढिक्का बनाएर लैजान २०७५ जेठ २ गतेको अवस्थामा फर्किन अध्यक्ष ओलीसँग आग्रह गरेका छन् ।

खनालले विधि विधानभन्दा बाहिर गएर गरिएका निर्णयहरु खारेज गर्दै जेठ २ मा फर्किनुपर्ने बताएका थिए । बैठकमा खनालले दलको नयाँ विधानप्रति समेत आपत्ति जनाएका थिए ।

तर बालुवाटारमा जारी रहेको बैठकमा नेता वामदेव गौतम पनि सहभागी भएका छन् । तर एमालेको उक्त समूहका वरिष्ठ नेता माधव नेपाल र नेता भीम रावल भने बालुवाटार गएका थिएनन् ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार प्रधानमन्त्री तथा संसदीय दलका नेता ओलीले प्रतिनिधिसभा बैठक र पार्टीका सांसदहरूको भूमिका बारेमा छलफल गर्न दलको बैठक बोलाएको बताएका छन् ।

भट्टराइका अनुसार आज बस्ने बैठकमा ३ वटा विषयमा छलफल हुने जानकारी दिएका छन् । उनका अनुसार संसद बैठक प्रभावकारी बनाउने, सांसदहरुलाई विकास निर्माणका योजनाहरु कसरी पेश गर्ने भन्ने तरिका सिकाउने र दललाई एकढिक्का बनाउने विषय छलफलका एजेण्डा रहेका छन् ।

यो पनि पढ्नुहोस्

ओलीले बोलाएको एमाले संसदीय दलको बैठक शुरु, खनाल र वामदेव पनि सहभागी

खनाल-नेपाल समूहको निर्णय : पार्टीभित्रै बसेर ओलीसँग संघर्ष गर्ने

खनालको नेतृत्वमा संसदीय दलको बैठकमा जाने, तर नेपाल र रावल नजाने

ओलीले बोलाएको एमाले संसदीय दलको बैठक बस्दै, खनाल-नेपाल समूह पनि सहभागी हुने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !