७ बैशाख २०८१, शुक्रबार

सरकार र जसपा वार्ता सकारात्मक, वार्तालाई निरन्तरता दिने सहमति


जसपाका नेताहरु र प्रधानमन्त्री केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूवीच बालुवाटारमा आजको वार्ता सकारात्मक भएर सहमति उन्मुख भएको बुझिएको छ । आज भएको वार्तामा प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) को मागप्रति आफू सकारात्मक भएको बताएका छन् ।

भावी सत्ता समीकरणका लागि प्रधानमन्त्री ओलीसँग छलफल गर्न जसपाका नेताहरू महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण बालुवाटार पुगेका थिए । सो वार्तामा प्रधानमन्त्री ओलीसँग एमाले नेता सुवास नेम्बाङ, प्रधानमन्त्रीका परराष्ट्र मामिला सम्बन्धी सल्लाहकार राजन भट्टराई लगायत उपस्थित थिए ।

वार्तापछि सत्तारूढ नेकपा एमालेले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षसँगको वार्तालाई निरन्तरता दिने भएको छ । भेटवार्तामा ओलीले संसद्‍मा आफूलाई समर्थन गर्न अनुरोध गरेको नेता लक्ष्मणलाल कर्णले बताए । जसपा नेताहरुले भने मागप्रति सकारात्मक भए प्रधानमन्त्री ओलीले तत्काल प्रक्रिया अगाडि बढाउनुपर्ने कुरा उठाएका थिए ।

प्रधानमन्त्री ओलीले जसपालाई सरकारमा ल्याउन लागी परेका छन् । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता नलिए पनि मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरिसकेको छ । जसपा र एमाले सत्ता समीकरण गर्दा संसदमा प्रधानमन्त्री ओलीलाई बहुमत पुग्ने अवस्था छ ।

‘संविधान संशोधन, मधेश आन्दोलनका बेला विभिन्न व्यक्ति उपर लागेको मुद्दा फिर्ता, रेशम चौधरीको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकताको विषयमा समेत छलफल भएको छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीसँग छलफल गर्न जसपाका नेताहरु पुगे बालुवाटार

ओली र ठाकुरवीच बढ्यो माया-पिरती : जसपा सरकारमा जाने सम्भावना तीव्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !