१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री ओलीसँग छलफल गर्न जसपाका नेताहरु पुगे बालुवाटार


जसपाका नेताहरु र प्रधानमन्त्री केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) का नेताहरू बालुवाटार पुगेका छन् । भावी सत्ता समीकरणका लागि प्रधानमन्त्री ओलीसँग छलफल गर्न जसपाका नेताहरू महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण बालुवाटार पुगेका हुन् ।

सत्ता साझेदारीका लागि निर्णायक भूमिका निर्वाह गर्ने अवस्थामा रहेको जसपाले ओली सरकारलाई निरन्तरता दिने वा विकल्प खोज्ने भन्नेबारे प्रष्ट धारणा नबनाइसकेको अवस्थामा बालुवाटार प्रधानमन्त्री ओलीलाई भेट्न जानुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

बालुवाटार विशेष स्रोतका अनुसार प्रधानमन्त्री ओली र जसपा नेताहरुबीच हिजो सोमबार साँझ पनि गोप्य छलफल भएको बुझिएको छ । सत्ता सहकार्यका लागि आवश्यक छलफल गर्न एमाले र जसपा नेताहरू रहेको कार्यदल समेत बनेको थियो ।

सत्ता समीकरणका लागि प्रधानमन्त्री ओलीसँग महन्थ ठाकुर लगायतका नेताहरूले संवाद तीव्र बढाएपछि बाबुराम भट्टराई, उपेन्द्र यादव लगायतका नेताहरू भने असन्तुष्ट बनेका छन् । सत्ता समीकरणको विषयलाई लिएर जसपा नै विभाजन पो हुने हो की भनेर आशंका बढेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !