१३ बैशाख २०८१, बिहिबार

माधव नेपालको ताल देखेर गोकुल बाँस्कोटा भए रिसले आगो, यतिसम्म भन्न भ्याए…

गोकुल बाँस्कोटा भन्छन्, 'रिस उठेपनि माधव कमरेड भनिराछु'


गोकुल बास्कोटा र माधव नेपाल

काठमाडौं । चर्चित पूर्व संचारमन्त्री एवं सत्तारुढ दल नेकपा एमालेका नेता गोकुल बाँस्कोटा पूर्वप्रधानमन्त्री एवं खनाल-नेपाल समूहको नेकपाका शीर्ष नेता माधव नेपालको ताल देखेर रिसले आगो भएका थिए ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा बरिष्ठ पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले रिस उठेपनि माधव कमरेड भनेर नेपाललाई सम्वोधन गरिरहेको आक्रोश व्यक्त गरेका थिए ।

बाँस्कोटाले निर्वाचनमा जाने कुरा कुन प्रतिगमनकारी कुरा थियो ? भनेर नेपाललाई प्रतिप्रश्न गरेका थिए । उनले संसदले सरकार दिन नसक्ने अवस्था भयो भने मुलुक चुनावमा जाने निश्चित् रहेको बताएका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अभिभावक सम्झिनेहरुले बा भन्नु नौला कुरा नभएको पनि बताएका थिए । अहिले ८० वालाहरुले केपी ओलीलाई विदाई गर्न खोजेको र १८ वालाहरुले आई लभ यु केपी बा भन्दै हिँडेको पनि उनले सुनाएका थिए । उनले भनेका थिए, ‘यो मैले भनेको होईन ।’

पत्रकार धमलाले नेपालले त केपी बा, केपी बा, केपी बा भनेर यो प्रवृत्तिको टिप्पणी गरेका छन् नि भनेर सोधेको प्रश्नमा नेता बाँस्कोटाले उहाँका पनि छोराछोरी भएको बताउदै हजुरबुवा त भन्दैनन् होला नि भनेका थिए ।

उनले केपी बा भन्दा रुवाबासी गर्नु नपने बताएका छन् । उनले भनेका थिए, ‘माधव कमरेड भन्छन् नि त उहाँलाई, मलाई झोंक नै चलेको छ, उहाँको ताल देखेर र पनि म माधव कमरेड भनिराछु । आदरणीय नेता भनिराछु । त्यसैले यसमा के ईष्र्या ? ईष्र्यामा जलेर के हुन्छ ?’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !