१२ बैशाख २०८१, बुधबार

काँग्रेसको रोग सर्यो एमालेमा, सञ्चारमन्त्री भन्छन्, ‘एमालेका लागि अहिले दुवै हातमा लड्डु’


पार्वत गुरुङ

काठमाडौं । आज आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा गुरुङले भने, ‘यो अल्पमतमा रहेको सरकार होइन । स्पष्ट बहुमतमा रहेको सरकार हो । माओवादीले आफ्नो विश्वासतको मत कायमै राखेको छ । अनुचित र सिद्धान्तहीन गठबन्धन गरेर सरकार टिकाइराख्नु पर्दैन । एमालेका लागि अहिले दुईटै हातमा लड्डु छ ।’

सरकारमा रहँदा आफूले अघि सारको एजेन्डा कार्यन्वयन गर्ने अवसर रहेको र प्रतिपक्षमा रहँदा पनि चुनावको तयारी गरेर बहुमत ल्याउने अवसर भएको मन्त्री गुरुङले बताएका हुन् । उनले भने, ‘विपक्षमा रहेर पनि आगामी निर्वाचनका निम्ति तयारी गर्ने अवसर रहन्छ । चुनावमा गएर फेरि पनि बहुमत ल्याएर सिंहदरबार आउँछौं भनेर प्रधानमन्त्रीले भन्नु भएको छ ।’

कुनै समय नेपाली काँग्रेसका एक नेताले नेपाली काँग्रेसको दुवै हातमा लड्डु भएको अभिव्यक्ति दिएपछि सिंगो काँग्रेस पार्टी र सभापति शेर बहादुर देउवाले ठुलो आलोचनाको शिकार हुनु परेको थियो ।

अहिले यही रोग नेकपा एमालेमा सरेको होकी भनेर अनुमान गर्न सकिन्छ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले नेकपा एमालेका लागि अहिले दुईटै हातमा लड्डू रहेको बताएका छन् । उनको अभिव्यक्तिपछि प्रधानमन्त्री केपी शर्मा ओली र एमालेले कस्तो प्रतिक्रिया भोग्ने हो त्यो त केहि समय प्रतिक्षा गर्नुपर्ने हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !