७ बैशाख २०८१, शुक्रबार

एमाले नेता घनश्याम भुसाल अझै नेकपाको स्थायी समिति सदस्य


एमाले नेता घनश्याम भुसाल अझै नेकपाको स्थायी समिति सदस्य

काठमाडौँ । पूर्वमन्त्री एवं नेकपा एमालेको खनाल-नेपाल समूहका नेता घनश्याम भुसाल अझै नेकपाको स्थायी समिति सदस्य रहेको जानकारी प्राप्त भएको छ । नेता घनश्याम भुसालको आधिकारिक ट्वीटर ह्याण्डल (एकाउन्ट) मा गएर हेर्दा तपाई प्रष्ट देख्न सक्नु हुन्छ की उनले ट्वीटर एकाउन्टमा आफ्नो बारेमा राजनीतिज्ञ, प्रतिनिधिसभाको सदस्य र नेकपाको स्थायी समिति सदस्य भनेर जानकारी राखेका छन् ।

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भइ बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) उत्प्रेषणको आदेशबाट बदर भएको फैसला गरेपछि निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेपाल कम्य्युनिष्ट पार्टी (ने क पा) निर्वाचन आयोगले खारेज गरिदिइ सकेको छ ।

ऋषि कट्टेलको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई सर्वोच्च अदालतले मान्यता दिएर नेकपा आधिकारिकताको विवाद सम्बन्धी मुद्दाको टुंगो लगाउँदै सर्वोच्च अदालतले लगाइसकेपछि नेकपा खारेज भईसकेको छ भने एमाले र माओवादी केन्द्रलाई ब्युँतिसकेका छन् ।

अहिले नेकपा भन्ने पार्टीको कुनै अस्तित्व नभएको अवस्थामा पनि पूर्वमन्त्री समेत भईसकेका नेकपा एमालेका यूवा वौद्धिक नेताले सामाजिक संजाल ट्वीटरमा आफ्नो जानकारी अपडेट नगर्नु बिडम्वनाको कुरा हो ।

अहिलेको सूचना प्रविधिको यूगमा समयानुकूल परिमार्जन भएर चल्नु सवैको लागि उचित देखिन्छ । हाम्रो मनसाय कुनै नेताको नकारात्मक टिप्पणी गर्नु नभएर देश बनाउने भनेर लागेका जुझारु यूवा नेताहरु समय अनुसार परिष्कृत भएर राजनीति गरुन् भन्ने हो । हामी यस्ता कुरामा आम नेपाली नागरिकलाई सूचना र समाचारहरु सम्प्रेषण गर्दै जानेछौ ।

एमाले नेता घनश्याम भुसाल अझै नेकपाको स्थायी समिति सदस्य


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !