६ बैशाख २०८१, बिहिबार

नेपाली कांग्रेसले यस्तो गर्‍यो निर्णय


nepali kangresh

२६ माघ, काठमाण्डौ । शुक्रबार आकस्मिक रुपमा बसेको नेपाली कांग्रेसको बैठकले प्रदेशसभा संसदीय दलको विधान पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले ‘प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलको विधान, २०७४’ पारित गरेको हो ।

उक्त विधान संशोधनसहित पारित भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । नेपालको संविधानअनुसार मुलुकमा पहिलोपटक प्रदेशसभाको निर्वाचन भएपछि प्रदेशमा संसदीय दल कार्यसमिति गठन गर्न उक्त विधान आवश्यक भएकाले तत्काल पारित गर्नुपरेको पार्टी कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !