१३ बैशाख २०८१, बिहिबार

ओलीको कारबाहीवाट यसकारण बचे अष्टलक्ष्मी शाक्य र रामकुमारी झाक्री


केपी ओली, अष्टलक्ष्मी शाक्य र रामकुमारी झाक्री

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधिने नेताहरुको सूचीबाट महिला नेतृहरु अष्टलक्ष्मी शाक्य र रामकुमारी झाँक्रीको बचेका छन् ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको नेकपा एमालेको आज शनिबार बैठकले बालुवाटारमा एमालेका ४ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सो बैठकले पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधव नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

एमालेको ओली समूहका एक नेताका अनुसार स्पष्टीकरण सोधिने नेताहरुको सूचीमा रामकुमारी झाँक्रीको नाम भएपनि ओलीले अन्तिममा आएर रोकेका हुन् । शुरुमा ५ जना नेताहरु माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल तथा रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय भएको थियो ।

तर अन्तिममा आएर झाक्रीको नाम हटाइएको हो । ओली समूहको नेकपा एमालेको आज शनिबार बैठकले बालुवाटारमा एमालेका झाक्री बाहेक ४ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । पार्टी हितविरुद्ध काम गरेको, नेतृत्व र पार्टीलाई खुइलाउन र सरकारको बदनाम गराउ गुटगत भेला गरेको भन्दै यी ४ जना नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो ।

ओली समूहको शनिबार बालुवाटारमा बसेको बैठकमा केही नेतालाई कारबाही गर्ने कुरा उठेर बैठकले ४ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरिसकेको छ । बैठकमा सहभागी एक नेताका अनुसार सोही क्रममा नेतृहरु अष्टलक्ष्मी शाक्य र रामकुमारी झाँक्रीलाई पनि स्पष्टीकरण सोध्नुपर्ने कुरा उठ्यो । तर, ओलीले इन्कार गर्दै भने, “वेट नै नभएकासँग के स्पष्टीकरण सोध्नु ?”

यो पनि पढ्नुहोस्

ओलीले अन्तिममा आएर एकाएक किन रोके रामकुमारी झाँक्रीमाथिको कारबाही ?

एमालेको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रुपान्तरण

दलको विधान संशोधनपछि ओली यति शक्तिशाली, पाए सांसद हटाउन सक्ने अधिकार

माधव नेपालसहित एमालेका ५ जना नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

नेकपा एमाले संसदीय दलको विधान संशोधन प्रस्ताव पारित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !