१३ बैशाख २०८१, बिहिबार

ओलीले जसपा विभाजन नजिक पुर्याइदिएपछि बाबुरामको यस्तो रुवाबासी


डा. बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका अध्यक्ष महन्त ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोलाई सत्ताको ललिपप देखाएर विभाजन नजिक पुर्याइदिएपछि उनीप्रति खनिदै रुवाबासी गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै उनले अहिलेको यक्षप्रश्न कोसंग सत्ता समीकरण गर्ने वा कोबाट तत्काल बढी लाभ लिने भन्ने हॅुदैहैन भन्दै अपितु अधूरो संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएको खड्ग प्रसादरूपी घातक खड्गलाई कसरी छिटो हटाउने भन्ने हो भनेर प्रधानमन्त्री ओली आक्रोशित भएका हुन् ।

साथै उनले अगाडि आएको बाघलाई पहिले लघारौ; पछाडिका स्यालहरूसंग लड्दै गरौंला ! कुनै गल्ती नगरौं ! भन्दै अहिले जसपा विभाजन नजिक पुगेको अवस्थामा अहिलेको ठुलो चुनौतीलाई सामना गरेर पछिको सानोतिनो चुनौतिसँग लड्दै अघि बढेर जसपालाई फुटवाट जोगाउनु पर्ने आशय प्रकट गरेका छन् ।

नयाँ समीकरण निर्माणका विषयमा पार्टीका शीर्ष नेता दुई कित्तामा बाँडिएपछि जनता समाजवादी पार्टीका दुई समूहले छुट्टाछुट्टै बैठक गरेका छन् । पूर्व समाजवादी पार्टीका नेताले पार्टी कार्यालय बालकुमारीमा शुक्रबार बैठक गरेका छन् । पूर्व राष्ट्रिय जनता पार्टी नेपालका नेताले भने बिहीबार नै छुट्टै बैठक गरेका थिए ।

उनले लेखेका छन्, ‘ऐलेको यक्षप्रश्न कोसंग सत्तासमीकरण गर्ने वा कोबाट तत्काल बढी लाभलिने भन्ने हॅुदैहैन; अपितु अधूरो संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएको खड्गप्रसादरूपी घातक खड्गलाई कसरी छिटो हटाउने भन्ने हो । अगाडि आएको बाघलाई पहिले लघारौ; पछाडिका स्यालहरूसंग लड्दै गरौंला!कुनै गल्ती नगरौं !’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !