११ बैशाख २०८१, मंगलबार

आज प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले वार्षिक प्रतिवेदन पेश गर्ने


प्रधानमन्त्री ओलीले संसदमा

काठमाडौं । पुन:स्थापित प्रतिनिधिसभाको चौथो बैठक आज अपराह्न १ बजे बस्दै छ । संघीय संसद सचिवालयले जारी गरेको कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यक्रम रहेको छ ।

आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित पहिलो कार्यक्रममा सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१० को उपनियम (४) बमोजिम संसदहरुवाट प्राप्त अनुपस्थितिको सुचनाहरु स्वीकृतिको लागि प्रस्तुत गर्नेछन् ।

दोस्रो कार्यक्रममा प्रधानमन्त्री ओलीले लोक सेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।

साथै तेस्रो कार्यक्रममा २०५८ सालको राष्ट्रिय सभाका पूर्वसदस्य, २०६३ सालको पुन:स्थापित प्रतिनिधिसभाकोसदस्य तथा २०७० सालको संविधानसभामा नेपाली काँग्रेसवाट समानुपातिक तर्फवाट निर्वाचित सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पेश हुने कार्यसूची छ । यी ३ वटा सम्भावित कार्यसूचीहरु पारित गरेर आजको प्रतिनिधिसभा बैठक सकिने देखिएको छ ।

प्रतिनिधिसभाको सम्भावित कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !