११ बैशाख २०८१, मंगलबार

आज प्रतिनिधिसभाको बैठक बस्दै : यस्तो छ सम्भावित कार्यसूची


सङ्घीय संसद फाइल फोटो

काठमाडौं । पुन:स्थापित प्रतिनिधिसभाको चौथो बैठक आज अपराह्न १ बजे बस्दै छ । संघीय संसद सचिवालयले जारी गरेको कार्यसूचीमा  मूख्यत: ३ वटा सम्भावित कार्यक्रम रहेको छ ।

आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित पहिलो कार्यक्रममा सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१० को उपनियम (४) बमोजिम संसदहरुवाट प्राप्त अनुपस्थितिको सुचनाहरु स्वीकृतिको लागि प्रस्तुत गर्नेछन् ।

दोस्रो कार्यक्रममा प्रधानमन्त्री ओलीले लोक सेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।

साथै तेस्रो कार्यक्रममा २०५८ सालको राष्ट्रिय सभाका पूर्वसदस्य, २०६३ सालको पुन:स्थापित प्रतिनिधिसभाकोसदस्य तथा २०७० सालको संविधानसभामा नेपाली काँग्रेसवाट समानुपातिक तर्फवाट निर्वाचित सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पेश हुने कार्यसूची छ । यी ३ वटा सम्भावित कार्यसूचीहरु पारित गरेर आजको प्रतिनिधिसभा बैठक सकिने देखिएको छ ।

गत ३ चैत्र गते मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारले संसद्लाई बिजनेस नदिइएकोले संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेर र बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गरी बैठक स्थगित गरिएको थियो ।

प्रतिनिधिसभाको सम्भावित कार्यसूची

यो पनि पढ्नुहोस्

अन्तत: शोक प्रस्ताव पारित गरेर सकियो संसद्को तेस्रो बैठक, अर्को बैठक चैत ६ गते बस्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !