११ बैशाख २०८१, मंगलबार

नेपाल समूहलाई ठुलो झड्का : ओलीले गरे संसदीय बोर्ड गठनदेखि विधान संशोधन गर्ने निर्णय


केपी शर्मा ओली File Photo

काठमाडौं । केपी शर्मा ओलीले बोलाएको बैठकले एमालेको संसदीय दलको बोर्ड गठन भएको छ । बालुवाटारमा जारी बैठकले बोर्ड गठन गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । उक्त बोर्डमा २७ जना रहनेछन् ।

संसदीय दलको बैठकले संसदीय दलको विधान संशोधन प्रक्रिया पनि अगाडि बढाएको छ । विधान संशोधन गर्न कार्यदल गठन गरिने भएको छ । कार्यदलमा विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई पौड्याल रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !